मधेसी जनताका अधिकार प्राप्तिको सङ्घर्ष जारी छ – राजेन्द्र महतो

राजनीति हेडलाइन

सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसी जनताका अधिकार प्राप्तिको सङ्घर्ष जारी रहेको बताएका छन् ।

लोसपा नेपाल जिल्ला कमिटी सप्तरीद्वारा राजविराजमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले गजेन्द्र बाबुले पहिचान र अधिकारको लागि देखेको सपना साकार हुन बाँकी रहेको बताए ।

उनले मधेस विद्रोहबाट प्राप्त अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिए । नेता महतोले सङ्घीय शासन प्रणाली कार्यान्वयन भएको सात वर्षको अवधिमा जनअपेक्षाअनुसार काम नभएको गुनासो गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *