भूकम्पको शक्तिशाली धक्काका कारण चीनको गान्सु प्रान्तमा ९५ जनाको मृत्यु । रिक्टर स्केलमा तीव्रता ६ .२ मापन

अन्तराष्ट्रिय हेडलाइन

चीनको गान्सु प्रान्तमा सोमबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.२ मापन गरिएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (CENC)का अनुसार पश्चिमी चीनको गान्सु प्रान्तमा सोमबार राति १२ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् ।

भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि धेरै भवनहरु ध्वस्त भएको बताइएको छ । भवनहरु ध्वस्त भएका कारण धेरै मानिसहरु भग्नावशेषमा पुरिएका छन् । योसँगै छिङहाई प्रान्तको मिन्हे काउन्टी र झुनुआ सालार स्वायत्त काउन्टीमा दुई जनाको मृत्यु भएको छ ।

एस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको लान्झाउबाट १०२ किलोमिटर दक्षिणपश्चिममा ६ माइल गहिराइमा थियो।

चाइना सेन्ट्रल टेलिभिजनका अनुसार छिङहाई प्रान्तको हाइडोङ सहरमा पनि ११ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । राज्य समाचार एजेन्सी सिन्ह्वाले भूकम्पले भत्किएका घरहरूलगायत व्यापक क्षति पु¥याएको र मानिसहरु सुरक्षाका लागि सडकमा भागिरहेको बताएको छ ।

भूकम्पपछि मंगलबार बिहानैदेखि उद्धार कार्य जारी रहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पबाट प्रभावित जनताको जीवन बचाउन र राहत उपलब्ध गराउन हरसम्भव प्रयास गर्नुपर्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *