बालबालिकाको मुद्धालाई प्राथमिकता दिनुपर्नेमा जोड

शिक्षा हेडलाइन

काठमाडौं, २५ कार्तिक । बालबालिकाको मुद्धालाई प्राथमिकताका साथ ठाउँं दिएर मिडियाले प्रकाशन प्रशारण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
 
बालबालिकालाई सचेत र संगठित बनाउन सके मात्रै भोलिको देशको भविष्य राम्रो हुने भन्दै सहभागीहरुले बालबालिकासँंग सम्वन्धित समाचारले ठाउँं पाउनुपर्ने बताए । 
 
आमसञ्चारमाध्यममा बालबालिकाको संवेदनशिलताका विषयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत समाचारदाताहरुसँंगको राजधानीमा भएको अन्तरक्रियामा सहभागी डा. कुन्दन अर्यालले गैर राजनैतिकको दायरा जबसम्म फराकिलो हुँदैन, तबसम्म बाल संवेदनशीलतामा परिवर्तन आउन नसक्ने बताए ।

कार्यक्रमको बाल अभियन्ता तारक धितालले विभिन्न नेपाली सञ्चार माध्यमका संवाददाताहरूसंग बाल संवेदनशीलता सम्बन्धी अभिमुखीकरण गरेका थिए । उनले सञ्चार माध्यममा बालबालिकाको बिषय किन र बालबालिकाको विचार र भावनाको कदर, बालबालिकाको समस्या र मुद्दा उठान, बालबालिकाको सहभागितामा समावेसीलगायतका बिषयका अभिमुखीकरण गरे ।

कार्यक्रमका अध्यक्ष तथा चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दँगालले बालबालिकाको समाचार सम्प्रेशन गर्दा तथ्यमा अधारित सामग्रीहरू माथि सम्बोधन गर्न, बालबालिकाको विषयबस्तुलाई निरन्तर प्रकृयाको रूपमा प्रयोग गरिदिन अनुरोध गरे । उनले समाचारमा बालबालिकाको विषयबस्तुमा प्रभावकारी ढंगले सम्प्रेशन गर्न पनि सुझाव दिए । यसकारण बालबालिका सम्वन्धीका समाचारको लेखनमा विशेष गाम्भीर्यता अपाउनुपर्ने उनले बताए ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *