बार्सिलोनाको शानदार जित, ओसासुनामाथि ३-० को नतिजा, शीर्ष स्थानमा ३ अंकको अग्रता

खेलकुद

काठमाडौं, चैत्र १५, २०८१
ईप्रेस मिडिया

काठमाडौं– स्पानिस ला लिगामा गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३-० ले पराजित गरेको छ। घरेलु मैदानमा भएको यो जितसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता कायम गरेको छ।

बार्सिलोनाको जितमा फेरान टोरेस, डानी ओल्मो र रोवर्ट लेवान्डोस्कीले गोल गरे। खेलको ११औं मिनेटमा फेरान टोरेसले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। त्यसको १० मिनेटपछि २१औं मिनेटमा डानी ओल्मोले पेनाल्टीमार्फत गोल गरी अग्रता दोब्बर पारे। दोस्रो हाफको ७७औं मिनेटमा लेवान्डोस्कीले गोल थप्दै बार्सिलोनालाई ३-० को सहज जित सुनिश्चित गरे।

यो जितपछि बार्सिलोनाले २८ खेलबाट ६३ अंक जोडेको छ र दोस्रो स्थानको रियल मड्रिडमाथि ३ अंकको अग्रता बनाएको छ। समान खेल खेलेको रियल मड्रिडको ६० अंक छ भने एट्लेटिको मड्रिड ५६ अंकसहित तेस्रो स्थानमा रहेको छ। बार्सिलोनाको यो प्रदर्शनले ला लिगाको उपाधि दौडमा उसको दाबेदारी थप बलियो बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *