बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीको शपथ स्थगित

प्रदेश-पालिका हेडलाइन

हेटौंडा – बागमती प्रदेशमा कांग्रेसका नवनियुक्त चार मन्त्रीको शपथ स्थगित भएको छ। मुख्यमन्त्री बहादुरसिं लामाले जानकारी दिएअनुसार कांग्रेसमा मन्त्री नियुक्तिको आन्तरिक विवाद र नेकपा एमालेको असहमतिले साँझ ५:१५ बजे तय भएको शपथ स्थगित भएको हो।

मुख्यमन्त्री लामाले आजै मन्त्रिपरिषद् विस्तार गर्दै प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, र बिमल ठकुरीलाई मन्त्री नियुक्त गरेका थिए। बुधबार नियुक्त भएका कुन्दनराज काफ्ले र श्यामबहादुर खड्कालाई पनि मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *