बझाङमा फेरि भूकम्प

प्रदेश-पालिका

काठमाण्डौं– बझाङमा फेरि भूकम्प गएको छ। बझाङको भातेखोला आसपास केन्द्रबिन्दु बनाएर गएराति १२ बजेर २२ मिनेटमा भूकम्प गएको हो ।

५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भूकम्पबाट भएको कुनै क्षतिको विवरण प्राप्त भएको छैन।

असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि बझाङमा बारम्बार पराकम्पहरू गइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *