प्रभु साहले बनाए अर्ध सैन्य बलको आईटी आर्मी, रौतहटमा ७ दिनसम्म तालिम चल्ने

राजनीति हेडलाइन

रौतहट, १६ पुष । प्रभु साह नेतृत्वको आम जनता पार्टीले छुट्टै अर्ध सैनिक बल निर्माण गरेकोछ ।
 
यही पुष १४ गते आम जनता पार्टीको स्थापना दिवसको अवसरमा आयोजित आईटी आर्मीको राष्ट्रिय भेला सहित शुरू भएको सैनिक तालिम अहिले निरन्तर जारी छ ।
 
झण्डै ७ दिन चलने उक्त तालिममा देशभरीका हजारौ युवाहरु सहभागी छन ।
 
रौतहटको मौलापुरमा भईरहेको उक्त तालिममा आईटी सम्बन्धी प्रशिक्षण देखी सैनिक अभ्यास समेत गराईएको छ । 
 
यस प्रशिक्षण बारे आईटी आर्मीको प्रदेश अध्यक्ष बालाशंकर कुशवाहाले भने, “ अहिलेको सूचना प्रविधिको युगमा युवाहरुलाई आईटी सम्बन्धी तालिम अत्यावश्यक छ , किनकी आईटी बिना देशको बिकास सम्भव छैन । बैदेशिक रोजगारीमा भईरहेको ठगी रोकन, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा भगौड़ा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण अपरिहार्य आवश्यकता भईसकेकोले यो तालिम गर्न लागेको बताए । यो तालिम पछी आईटी आर्मीका युवाहरुले देशमा बढ़दो संकट रोकन सकारात्मक योगदान गर्नेछ ।” 
 
आजपाले अहिलेको व्यवस्था असफल भैसकेको घोषणा गर्दै देशलाई संकटबाट बचाऊन तत्काल अन्तरिम सरकार गठनको माग गर्दै आएको छ ।
 
आजपाका अध्यक्ष प्रभु साहले तत्काल अन्तरिम सरकार गठनमा सुरक्षा निकायको भुमिका सहयोगी हुने बताए  ।
 
यदि सुरक्षा अधिकारीहरु देशको संकटबारे चिन्तित भएन र पार्टीको लुटतन्त्रलाई चोखयाउन नै लागे भने अब आईटी आर्मीले नेपालको मुख्य सैनिक फोर्सको काम गर्ने बताए ।
 
उनले भने ‘ढिलो चाँडो नेपाली सेनाका जवानहरुले बूझनेछन र देश निकासको लागि आईटी आर्मी संग सहकार्य गर्नेछ । यही तरिकाले अब देश अघि बढ्न सक्दैन्, आईटी आर्मीले देशको निकासमा बिशेष सहयोगी भुमिका खेलने पक्का छ ।”  उनले अहिलेको संविधानले पनि देश र जनतालाई निकास नदिने ठोकुवा गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *