प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

राजनीति हेडलाइन

दुबइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुबईमा भेटवार्ता भएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा उनीहरूले साइडलाइन बैठक गरेका हुन् । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन ९कोप–२८०मा सहभागी हुन दुवै मुलुकका प्रधानमन्त्री यतिखेर दुबईमा छन् ।

भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बता ए। भेटमा दुई पक्षीय हितका बारेमा समेत छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *