प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

राजनीति हेडलाइन

काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । 
 
प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ः०० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन । 
 
यसअघि दिउँसो ३ः०० बजे सम्बोधन गर्ने भनिए पनि अन्तत समय हेरफेर भए पछि साँझ ५ः०० बजे सम्बोधन गर्न लागेका हुन । 
 
प्रधानमन्त्रीका नियुक्ती भएका एक बर्ष पुरा भएको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा बिशेष सम्बोधन गर्न लागेका हुन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *