प्रधानमन्त्री प्रचण्डको काँधमा थपियो दुई मन्त्रालयको जिम्मेवारी

राजनीति हेडलाइन

सत्ता गठबन्धनबाट साझेदारहरूले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यभार झन् बढेको छ। जनता समाजवादी पार्टीका दुई मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएपछि थप दुई मन्त्रालयको जिम्मेवारी प्रचण्डले सम्हाल्नु परेको छ।

यसअघि नेकपा एमालेका ८ मन्त्रीले राजीनामा दिएपछि ती मन्त्रालयको जिम्मेवारी पनि प्रचण्डलाई नै तोकिएको थियो। हाल प्रचण्डले १० वटा मन्त्रालयको कार्यभार सम्हालिरहेका छन्।

यद्यपि, प्रचण्डले २८ गते विश्वासको मत लिने तयारी गरेका छन्। त्यसपछि कांग्रेस र एमालेको सहमति अनुसार केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्नेछ। त्यतिन्जेलसम्म भने प्रचण्डले नै यी मन्त्रालयहरूको जिम्मेवारी सम्हाल्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *