न्युयोर्क— संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटमा दुई देशबीचका आपसी हितका मुद्दा, द्विपक्षीय सम्बन्ध विस्तार, र अन्तर्राष्ट्रिय मञ्चमा सहकार्यका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री ओलीसँग मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापालगायतको उपस्थिति रहेको थियो। भेटलाई नेपाल र फिनल्याण्डबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।
ईप्रेस मिडिया
असोज ९, २०८१

