प्रधानमन्त्री ओली पहिलोपटक समाजवादी कार्यालयमा : कमल कोइरालालाई श्रद्धाञ्जली !

राजनीति हेडलाइन

काठमाडौँ, चैत्र १८, २०८१
ईप्रेस संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय पुगेका छन् । सोमवार उनले दिवङ्गत नेता कमल कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्न आलोकनगरस्थित समाजवादीको केन्द्रीय कार्यालयको भ्रमण गरेका हुन् ।

पत्रकार, लेखक र कूटनीतिज्ञका रूपमा परिचित ८७ वर्षीय कोइरालाको आइतवार निधन भएको थियो । उनको पार्थिव शरीरलाई सोमवार श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादीको कार्यालयमा राखिएको थियो । ओलीले कोइरालाको पार्थिव शरीरमा माल्यार्पण गर्दै उनको योगदानको सम्मान व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *