पेरिस ओलम्पिकमा नेपाली पौडीवाज डुवाना लामा र सुटर सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिर

खेलकुद हेडलाइन

काठमाडौँ, साउन १३ – नेपाली पौडीवाज डुवाना लामा र सुटर सुस्मिता नेपाल पेरिस ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएका छन्। आइतबार फ्रान्समा भएको खेलमा दुवै खेलाडी पहिलो चरणमै पराजित भएका हुन्।

२०० मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवानाले निर्धारित दूरी पार गर्न दुई मिनेट २०.४७ सेकेन्ड लगाइन्। सात खेलाडी सहभागी भएको हिट वानमा डुवाना अन्तिम स्थानमा रहे।

नेपाली सुटर सुस्मिता नेपाल पनि ओलम्पिकको प्रारम्भिक चरणबाटै बाहिरिए। १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिताले ६०७.८ अंक जोडे। ४३ खेलाडीमध्ये सुस्मिता ४२औँ स्थानमा रहे। छनोटबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका छन्।

यससँगै तीन नेपाली खेलाडीको ओलम्पिक यात्रा पहिलो चरणबाटै समाप्त भएको छ। यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिएका थिए।

नेपाली खेलाडीहरूको प्रदर्शन अपेक्षित नभए पनि उनीहरूको ओलम्पिकमा सहभागिता गर्वको विषय बनेको छ। भविष्यमा अझ राम्रो तयारी र प्रदर्शनका लागि नेपाली खेल संघ र खेलाडीहरूलाई प्रोत्साहन र सहयोग आवश्यक रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *