पितृपक्षको समापन: सोह्रश्राद्ध सम्पन्न, बडा दसैँको आगमन

कला हेडलाइन

काठमाडौं— आज असोज कृष्ण औँसी, पितृपक्षको अन्तिम दिन। असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदैछ। पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गापक्ष अर्थात् बडा दसैँ सुरु हुने भएको छ।

आज सोह्रश्राद्धको अन्तिम दिन भएकाले यसलाई औँसी श्राद्ध पनि गरिन्छ। पितृपक्षका १५ तिथिहरू र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी कुल सोह्र दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध पनि भनिन्छ।

शास्त्र अनुसार कुनै कारणवश यो पक्षका अरु तिथिमा श्राद्ध गर्न नपरेको भए आज गर्नुपर्छ भन्ने मान्यता छ। साथै, कुनै कारणवश आज पनि श्राद्ध गर्न नसकेको खण्डमा आपत धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न सकिने मान्यता रहेको छ।

धार्मिक मान्यताअनुसार श्राद्ध गर्दा पितृऋणबाट मुक्ति पाइन्छ भन्ने विश्वास रहेको छ। यस अवसरमा गोकर्णेश्वर, बेत्रावती, देवघाट, त्रिवेणी जस्ता तीर्थस्थलहरूमा पितृप्रति श्रद्धासाथ श्राद्ध गर्न जानेको भीड देखिएको छ।

ePress Media, १६ असोज, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *