पाल्पामा आज पनि दुर्घटना

अपराध

काठमाडौं । आइतबार पाल्पाको रानी महल घुमेर फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका ६ जनाले ज्यान गुमाएको घटना सेलाउन नपाउँदै आज पनि दुर्घटना भएको छ । पाल्पाको रम्भा गाउँपालिका नम्बर ४ रानीवन नजिकै आज बिहान ५ बजे भ्यान  दुर्घटना हुँदा पाँचजना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले घाइते भएका पाँच जनामध्ये तीन जना डिस्चार्ज भइसकेको बताएको छ भने अरु दुईजनाको उपचार भइरहेको जनाएको छ ।

आर्यभाङ्ज्याङ्बाट रामपुर हुँदै वीरकोट जाँदै गरेको लु१ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको थियो ।

त्यस्तै, आज दिउँसो अर्को जिप सडकमै पल्टिँदा सवारी धनिसहित तीन जना घाइते भएका छन् । सवारी धनी दानबहादुर खत्रीको खुट्टा फ्याक्चर भएकाले काठमाडौं रिफर गरिएको र अरू दुई जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ ।

गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु१ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल खण्डको लामडाँडामा पल्टिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *