पाटन क्याम्पसमा स्ववियु निर्वाचनको माग: अखिल क्रान्तिकारीको रिले अनसन शुरू

शिक्षा हेडलाइन

काठमाडौं (इप्रेस मिडिया)
पाटन क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गर्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले रिले अनसन शुरू गरेको छ। अखिल क्रान्तिकारी पाटन क्याम्पस कमिटीका उपाध्यक्ष तथा स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवार टीकाराम खत्रीले रिले अनसनको नेतृत्व गरेका छन्।

खत्रीले निष्पक्ष र धाँधलीरहित निर्वाचनको ग्यारेन्टी, शान्ति सुरक्षाको प्रत्याभूति र तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग राखेका छन्। पाटन क्याम्पसमा गत चैत्र ५ गते मतदान चलिरहँदा नक्कली मतदाता भेटिएको भन्दै विवाद चर्किएपछि मतदान स्थगित भएको थियो। विद्यार्थीहरूका अनुसार मतदाता सूची र भोटर कार्डमा फरक–फरक नाम भेटिएपछि अनेरास्ववियु र नेविसंघबीच झडपसमेत भएको थियो।

हालसम्म नयाँ मतदान मिति तय नभएपछि अखिल क्रान्तिकारीले शान्तिपूर्ण वातावरणमा स्ववियु निर्वाचनको माग गर्दै आन्दोलन चर्काएको हो। यो विवादले पाटन क्याम्पसको शैक्षिक वातावरणमा समेत असर परेको छ भने विद्यार्थी संगठनहरूबीच तनाव बढ्दै गएको छ।

इप्रेस मिडिया संवाददाता
काठमाडौं, चैत्र १२, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *