परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र एमसिसी प्रमुखबीच भेटवार्ता, परियोजनाको कार्यान्वयनबारे छलफल

राजनीति

अमेरिका। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ। भेटघाट यहाँस्थित नेपाली राजदूतावासमा सम्पन्न भएको हो। उक्त भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ।

एमसिसी कम्प्याक्टअन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिसम्बन्धी परियोजनाहरू कार्यान्वयनमा रहेका छन्। उक्त कम्प्याक्टमा एमसिसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिका आएकी परराष्ट्रमन्त्री डा. राणा यहाँबाट कतारको दोहा प्रस्थान गर्नुअघि सो भेटघाट भएको हो।

इप्रेस मिडिया

आश्विन १५, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *