वाशिङ्टन डिसी – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शनिबार संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन न्युयोर्क आइपुगेकी छन्। उनी क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएपछि न्युयोर्क आएकी हुन्। मन्त्री राणालाई विमानस्थलमा नेपाली नियोगका प्रमुख लोकबहादुर थापा र अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेलले स्वागत गरेका थिए। न्युयोर्कमा रहँदा उनी विभिन्न मन्त्रीस्तरीय बैठकहरूमा सहभागिता जनाउने र विभिन्न कार्यक्रमहरूमा सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
ईप्रेस मिडिया
आश्विन ६, २०८१

