काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार (चैत १२) ५८.०५ अंकले घट्दै २५८२.७३ विन्दुमा बन्द भएको छ। बजार सूचक घटे पनि कारोबार रकममा भने उल्लेखनीय वृद्धि देखिएको छ।
यस दिन कुल ५ अर्ब १८ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। अघिल्लो कारोबार दिन सोमबार (चैत ११) ४ अर्ब ४८ करोड रुपैयाँ को मात्र कारोबार भएको थियो।
बजारमा २४० कम्पनीको सेयर मूल्य घटेको छ भने केवल ४ कम्पनीको मूल्यमा वृद्धि भएको छ।
सवै समूहगत परिसूचकहरू ऋणात्मक रहेकामा फाइनान्स समूहको सूचक सबैभन्दा बढी ३.५० प्रतिशतले घटेको छ।
(ई-प्रेस मिडिया द्वारा प्रकाशित, चैत १२)

