नेपाल र माल्दिभ्सबीच स्वास्थ्य क्षेत्रमा सहकार्यका अवसरहरू: जकार्तामा उच्चस्तरीय छलफल

स्वास्थ्य हेडलाइन

इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण मन्त्रीहरूको बैठकमा नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलीलबीच द्विपक्षीय वार्ता भएको छ। यस वार्तामा नेपाल र माल्दिभ्सबीच स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदानबारे विस्तृत छलफल भएको हो।

मन्त्री पौडेलले नेपालका चिकित्सकहरूले माल्दिभ्समा स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको स्मरण गर्दै, माल्दिभ्सको अनुभव नेपालका लागि उपयोगी भएको बताए। साथै, माल्दिभ्सका मन्त्री खलीलले नेपालमा मेडिकल अन्डरग्रयाजुएट शैक्षिक कार्यक्रम सञ्चालन गर्न प्रस्ताव राखे। विगतमा माल्दिभ्सका नागरिक नेपालमा मेडिकल शिक्षा अध्ययन गर्दै आएका थिए, र यस प्रस्तावलाई मन्त्री पौडेलले स्वागत गर्दै आवश्यक तयारी पछि थप प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

यस भेटवार्तामा नेपालका स्वास्थ्य पेशेवरहरूको माल्दिभ्समा पुर्‍याएको योगदान र भविष्यमा स्वास्थ्य सेवाको स्तरोन्नति गर्न सकिने अवसरहरूमा पनि चर्चा भयो।

बैठकमा सहभागी मन्त्री पौडेलले बिहीबार आयोजित विशेष सत्रमा नेपालको स्वास्थ्य क्षेत्रका चुनौती र सम्भावनाबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस बैठकले नेपाल र माल्दिभ्सबीच स्वास्थ्य क्षेत्रमा आपसी सहकार्यलाई अझै मजबुत बनाउने मार्ग प्रशस्त गरेको छ।

Epress Media, असोज १०, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *