नेपाल राष्ट्र बैंकले शनिबारको विनिमय दर सार्वजनिक

अर्थतन्त्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९० पैसा र बिक्रीदर १३३ रूपैयाँ ५० पैसा पुगेको छ । 

आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ३४ पैसा र बिक्रीमा १४० रूपैयाँ ९८ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८४ रूपैयाँ ६० पैसा र बिक्रीदर ८४ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । 

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६१ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २० पैसा र बिक्रीदर २८ रूपैयाँ  ३२ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ८० पैसा र बिक्रीदर ४३१ रूपैयाँ ७५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ १३ पैसा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *