नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि युरो खरिदमा १४० रुपैयाँ ५८ पैसा

अर्थतन्त्र

काठमाडौं- अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा तय भएको छ।

नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४० रुपैयाँ ५८ पैसा र बिक्रीमा १४१ रुपैयाँ २२ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १६२ रुपैयाँ १४ पैसा कायम भएको छ।

अस्ट्रेलियन डलर १ को खरिदमा ८३ रुपैयाँ ८० पैसा र बिक्रीमा ८४ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९७ रुपैयाँ १८ पैसा, सिंगापुर डलर खरिदमा ९६ रुपैयाँ ७० पैसा र बिक्रीमा ९७ रुपैयाँ १४ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८६ पैसा र बिक्रीमा ८ रुपैयाँ ९० पैसा तय गरिएको छ।

चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १४ पैसा र बिक्रीमा १८ रुपैयाँ २२ पैसा तय गरिएको छ।

साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५४ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५४ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २९ पैसा तय गरिएको छ।

मलेसियाको रिंगिट १ को खरिदमा २७ रुपैयाँ ८३ पैसा र बिक्रीमा २७ रुपैयाँ ९६ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ८३ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ८७ पैसा कायम भएका छन्।

कुवेती दिनार १ को खरिदमा ४२९ रुपैयाँ ६६ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६० पैसा तथा बहराइनको दिनार खरिदमा ३५१ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३५३ रुपैयाँ ४६ पैसा तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *