नेपाल बीमा प्राधिकरणद्वारा निर्देशकहरूको जिम्मेवारी हेरफेर र नयाँ पदस्थापना

अर्थतन्त्र

काठमाडौं, चैत्र १४, २०८१
ईप्रेस मिडिया

काठमाडौं– नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर तथा नवनियुक्त निर्देशकहरूको पदस्थापना गरेको छ। प्राधिकरणले आज (चैत्र १४) देखि लागू हुने गरी निर्देशक कमल प्रसाद रेग्मीलाई कानून महाशाखा र निर्देशक पूजन ढुंगेल (अधिकारी) लाई अनुसन्धान महाशाखाको जिम्मेवारी तोकेको छ।

यसैगरी, हालै निर्देशकमा बढुवा भएका शाम्बराज लामिछानेलाई नियमन महाशाखा, ध्रुव तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा, निर्मल अधिकारीलाई बीमालेख महाशाखा र कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिई पदस्थापना गरिएको प्राधिकरणले जनाएको छ।

यो हेरफेर र पदस्थापनाले प्राधिकरणको कार्यक्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *