काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १५ देखि पुस ७ सम्म आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा विशेष हेल्प डेस्क स्थापना गरिएको छ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उक्त डेस्कको उद्घाटन गर्दै, अन्तर्राष्ट्रिय खेलाडीहरूको आगमन, भिसा प्रक्रिया, र लिग व्यवस्थापनमा सहयोग पुर्याउने जानकारी दिएका छन्। डेस्कले भविष्यमा हुने अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत समन्वयात्मक भूमिका खेल्नेछ।
क्यानका सचिव पारश खड्काले राखेपको यस कदमले एनपीएल सञ्चालनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। यससँगै राखेपले प्रशासकीय अधिकृत सानुराजा केसी संयोजक रहेको तीन सदस्यीय टोली गठन गरेको छ।
ईप्रेस मिडिया असोज ८, २०८१

