नेपाल प्रहरीका २६ जना सम्पर्कबिहिन, ७ दिन भित्र उपस्थित हुन निर्देशन

शिक्षा

काठमाडौं, १० मंशिर । नेपाल प्रहरीका २६ जना सम्पर्कबिहिन भएका छन । 
 

कुनै पनि जानकारी बिना नै विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भए पछि प्रहरीले जनाएको छ । 
 
आफु माताहातका प्रहरी कर्मचारी जानकारी बिना तीन महिना भन्दा बढी समय देखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले सार्वजनिक सुचना निकालेर सम्पर्कमा आउन निर्देशन दिएको छ । 
 
यसरी सम्पर्कमा नआएका २६ जनाको नाममा सार्बजनिक गर्दै प्रहरी प्रधान कार्यालयले एक साता भित्र प्रहरी प्रधान कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।
 
पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभएको भन्दै उनीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन आज सूचना प्रकाशित गरेका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *