नेपाली सेनामा माओवादी पूर्वलडाकुका लागि नियमनको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन – डा. शेखर कोईराला

विचार-वार्ता हेडलाइन

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नपाली सेनामा माओवादी पूर्वलडाकुका लागि नियमनको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नभएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा लेख्दै कोइरालाले आइतबार सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा त्यस्तो कार्य नगर्न अनुरोध गरेका छन्।

उनले सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस् भनी ध्यानाकर्षण गराएका छन्।

सहायक रथी यमबहादुर अधिकारीको सेवा अवधि पुन: तीन वर्ष थप गरिएकोमा पूर्वजर्नेलहरूले समेत आपत्ति जनाएका छन्।

पूर्वमाओवादी लडाकुबाट सेनामा आएका अधिकारीको सरकारले सहायक रथीमा थप तीन वर्ष सेवा अवधि गरेको थियो।

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पहिलो पटक विशेष पद नै सिर्जना गरी चार वर्ष सेवा अवधि थपिएका अधिकारीलाई माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा फेरि अवधि थपिएको हो।

सेवा अवधि नथपिएको भए अधिकारीले गत भदौ ३१ गते अवकाश पाउँथे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *