नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहालको पेरिस ओलम्पिकमा प्रतिष्ठाको खेल आज

खेलकुद हेडलाइन

काठमाडौं, साउन १६ गते – नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहालले फ्रान्समा जारी पेरिस ओलम्पिकमा आज समूह चरणको अन्तिम खेल खेल्दैछन्। मेन्स सिंगल्सअन्तर्गत समूह पी मा रहेका प्रिन्सले इजरायलका मिसा जिल्बरम्यानसँग प्रतिस्पर्धा गर्नेछन्। यसअघि समूहको दुवै खेलमा पराजित भएका प्रिन्सका लागि आजको खेल प्रतिष्ठाको खेल हुनेछ।

पहिलो पटक ओलम्पिक खेलिरहेका प्रिन्सको लक्ष्य पहिलो जितसहित ओलम्पिक यात्रा समाप्त पार्ने छ। प्रिन्स विश्व वरियताको १७२औं स्थानमा रहेका छन् भने मिसा ५८औं स्थानमा छन्। यसअघि प्रिन्स विश्वकप नम्बर दुई भिक्टोर एक्सेल्सन र एनहात गुएनसँग २-० ले पराजित भएका थिए।

नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनमा सहभागिता जनाएको हो। पेरिस २०२४ मा नेपालबाट ७ खेलाडी सहभागी भएका छन् जसमा ५ खेलाडीको खेल समाप्त भइसकेको छ। पौडीका एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्नु बाहेक पाँचै खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन्।

अब प्रिन्स बाहेक एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको स्पर्धा बाँकी छ। सन्तोषीले अन्तिम दिन अगष्ट ११ मा महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *