काठमाडौं- नेपाली बजारमा आज अमेरिकी डलरको भाउ घटेको छ । हिजो खरिदतर्फ १३३ रुपैयाँ १५ पैसा र बिक्रीतर्फ १३३ रुपैयाँ ७५ पैसा रहेको डलर आज खरिदमा १३३ रुपैयाँ ४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि युरो खरिदमा १४५ रुपैयाँ २८ पैसा र बिक्रीमा १४५ रुपैयाँ ९३ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६८ रुपैयाँ ५३ पैसा र बिक्रीमा १६९ रुपैयाँ २९ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८९ रुपैयाँ ३५ पैसा र बिक्रीमा ८९ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३५ पैसा, सिंगापुर डलर खरिदमा १०० रुपैयाँ ७ पैसा र बिक्रीमा १०० रुपैयाँ ५२ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९ रुपैयाँ ४५ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ६५ पैसा र बिक्रीमा १८ रुपैयाँ ७३ पैसा तय गरिएको छ।


