नेकपा एसको सचिवालय बैठक बस्दै

हेडलाइन

काठमाडौं, १९ पुस । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

राष्ट्रिसभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्न नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।
 
नेकपा एसका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ । 
 
नेकपा एमालेले राष्ट्रियसभामा भागबन्डा खोजेको भोलिपल्ट नेकपा एसले सचिवालय बैठक बोलाएकोह हो । आज बस्ने बैठकमा सत्तारुढ गठबन्धनबाट पार्टीले पाउने सीट तथा एमालेले माग गरेको भागबन्डाको विषयमा छलफल हुने जनाइएको छ ।
 
कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लाने प्रयास गरेपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले हिजोको गठबन्धन बैठकमा असन्तुष्टि जनाएका थिए ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *