काठमाडौं, ७ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार काठमाडौं फर्किएका छन् ।
दसैँ, तिहार, छठ, नेपाल सम्वत् लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रमका लागि अध्यक्ष ओली गत कात्तिक ३ गते गृहजिल्ला झापा पुगेका थिए ।
तीनदिने झापा बसाइपछि अध्यक्ष ओली र उपाध्यक्ष विष्णुप्रसाद पौडेल आज काठमाडौं फर्किएका हुन् ।
झापा बसाइको क्रममा अध्यक्ष ओली र उपाध्यक्ष पौडेल झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।
अध्यक्ष ओलीले यसपटकको विजयादशमीको टीका लगाउने छैनन् । ठूलीआमाको यसैवर्ष निधन भएकाले अध्यक्ष ओली परिवारमा टीकाटालो नहुने उनको सचिवालयले जनाएको छ।

