नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार गृह जिल्ला झापा जाँदै

राजनीति हेडलाइन

काठमाडौं, ३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार गृह जिल्ला झापा जाँदै छन् ।

झापाको विर्तामोडमा आयोजित दशैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका पर्वको शुभकामना कार्यक्रमका लागि अध्यक्ष ओली त्यसतर्फ जान लागेका हुन् ।

अध्यक्ष ओली काठमाडौंबाट बिहान १०ः१० बजे भद्रपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । दिउँसो १२ः३० बजे देखि विर्तामोडको साई पार्टी प्यालेस सिटी सेन्टर विर्तामोडमा कार्यक्रम सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *