नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन आजबाट

राजनीति हेडलाइन

टिकापुर, २६ पुस । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ ।
 
पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा महाधिवेशन सुरु हुन लागेको हो ।  
 
महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रिय सदस्य अरुण कुमार चौधरीले जानकारी दिए । 
 
महाधिवेशनबाट २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुनेछन । नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । 
 
महाधिवेशनको उद्घाटन सत्रमा देशभरका राजनितीक दलका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *