काठमाडौं, असार २१ – नागरिक उन्मुक्ति पार्टीले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्दै सरकारमा सहभागी हुने निर्णय गरेको छ। नाउपाका नेता रेशमलाल चौधरीले बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर यसबारे जानकारी गराएका हुन्।
चौधरीले कांग्रेस-एमालेको सरकारलाई राष्ट्रिय सहमतिको सरकार भन्दै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताए। यसअघि माओवादी नेतृत्वको सरकारलाई पनि नाउपाका तीन सांसदले विश्वासको मत दिएका थिए, तर सरकारमा सहभागी हुने विषयमा ढिलाइ भएको थियो।
नाउपाको यो निर्णयले कांग्रेस-एमाले गठबन्धनलाई थप बल पुर्याएको छ। संघीय संसदमा चार सांसद रहेको नाउपाको समर्थनले नयाँ सरकार गठनमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

