काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकार गठन भएलगत्तै अनुसन्धानमा रहेका व्यक्तिहरूलाई पुरस्कृत गरेको गम्भीर आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्नो आपत्ति नरहेको तर सरकारका सुरुवाती गतिविधिले आफूलाई झस्काएको बताए।
लामिछानेले बालुवाटार जग्गा प्रकरणमा मुछिएका व्यक्ति बालकोटमा गीत गाउँदै गरेको र छाला जुत्ता प्रकरणमा अनुसन्धान चलिरहँदा पनि बालकोटबाट गीतको आवाज आएको भन्दै शंका व्यक्त गरे। उनले सरकारले अनुसन्धानका क्रममा रहेका व्यक्तिहरूलाई मन्त्रिपरिषद्मा समेटेर पुरस्कृत गरेको आरोप लगाए। यसले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएको छ।