नक्कली भुटानी शरणार्थी प्रकरण: प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा

अपराध राजनीति हेडलाइन

काठमाडौं, १८ असार २०८१- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश शकुन्तला कार्कीको इजलासले मंगलबार थापालाई थुनामा राख्ने आदेश दिएपछि उनलाई केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको छ।

थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले शुक्रबार पक्राउ गरेको थियो। उनी यस प्रकरणमा फरार रहँदै आएका थिए। अदालतमा बयान र थुनछेक बहसपछि उनलाई थुनामा पठाउने आदेश भएको हो।

प्रतीक थापा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन्। यस घटनाले नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तिहरूको संलग्नता रहेको आशंकालाई थप बल पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *