धितोपत्र बोर्डको अध्यक्षका लागि तीन उम्मेदवारको अन्तर्वार्ता आज हुदै 

अर्थतन्त्र हेडलाइन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता आज हुदै छ । 
अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता आज गर्दै छ । 
आज अर्थ मन्त्रालयमा कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीसँग उनीहरुको व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ता हुने समितिले जानकारी दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *