दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने

राजनीति हेडलाइन

काठमाडौं, ८ मंशिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ ।
 
आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईले जनाएका छन् । 
 
‘ब्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौं’ उनले भने । उनका अनुसार सो आन्दोलन काठमाडौं उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ ।
 
हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईले भनेका छन,  ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो ब्यबस्था परिवर्तन गरिछाड्ने छौँ।’ उनको नेतृत्वमा हिजो भएको प्रदर्शनमा हजारौं मानिसहरु बल्खुमा उपस्थित भएर समर्थन जनाएका थिए । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *