दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय

राजनीति हेडलाइन

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंको बल्खुमा प्रदर्शन गर्न दिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्णय गरेको छ। प्रसाईंको नेतृत्वमा यहि मंसिर सात गते ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन गर्न लागेको हो।

सोही दिन नेकपा एमाले निकट युवा संघले समेत प्रदर्शनको कार्यक्रम राखेपछि जिल्ला प्रशासन कार्यालयले माइतिघर लगायतका मुख्य ठाउँमा निषेधआज्ञा जारी गरिसकेको छ। युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शनको आयोजना गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *