दर्शक बोलाउनमा शाहरुख खानको रेकर्ड, तर पनि ‘सोले’ भन्दा धेरैपछि 

कला

मुम्बई, २० पुस । एकै वर्ष तीन तीन वटा ब्लकबस्टर सिनेमा दिएका शाहरुख खानले यो वर्ष अर्को एउटा कीर्तिमान पनि कायम गरेका छन् । त्यो रेकर्ड हो, टिकट बिक्रीको ।
 
बक्स अफिस तथ्यांक राख्न बक्स अफिस मोजोका अनुसार शाहरुखका तीन फिल्मले करिब ८ करोड मानिसलाई हलमा तानेका छन् ।  यो साल शाहरुखका ‘पठान’, ‘जवान’ र ‘डंकी’ रिलिज भएका थिए । 
 
सन् २००० पछि कुनै पनि शाहरुखका फिल्मले यति धेरै दर्शक हलमा तानेको पहिलो रेकर्ड मानिएको छ ।
 
सन् २०००मा शाहरुखका ‘मोहब्बतेँ’ र ‘जोश’  रिलिज भएका थिए । जसमा ‘मोहब्बतेँ’ले त्यो साल सर्वाधिक कमाउने फिल्मको रेकर्डसँगै १ सय ७५ दिनसम्म चलेको रेकर्ड पनि कायम गरेको थियो ।
 
भारतीय फिल्मको इतिहासमा सर्वाधिक दर्शक हलमा भित्र्याउने रेकर्ड भने ‘सोले’को नाममा रहेको छ । तथ्यांकअनुसार सो फिल्म १८ करोड दर्शकले हेरेका थिए । योबाहेक ‘मदर इन्डिया’ १० करोड दर्शकले हेरेको बताइएको छ । १० करोड हाराहारी नै दर्शकले ‘बाहुबली २’ पनि हेरेका थिए ।
 
यही क्रममा 
‘हम आपके है कौन’ले ७ करोड दर्शक पाएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *