काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टियु क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएका छन्। उनले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. केशरजंग बरालसँग छलफल गरेका छन्। छलफलमा विश्वविद्यालयका रेक्टर र रजिष्टार पनि सहभागी थिए। रंगशाला निर्माणका लागि लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल भएको हो।
ओलीले रंगशाला ३०० दिनमा बनाउने निर्णय गरेका थिए। नेपाली क्रिकेट टोलीले हालै विश्वकप खेलेको थियो भने महिला टोली एसिया कप खेलेर फर्किएको छ।

