टिप्परलाई ओभरटेक गर्ने क्रममा यात्रुवाहक बस दुर्घटना

प्रदेश-पालिका

तनहुँ, १ पुस । तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । 
मुग्लिनबाट पोखरा जाँदै गरेको ग२ख १४५९ नम्बरको बस तनहुँको व्यास नगरपालिका–१२, कमलबारीमा दुर्घटना हुँदा १८ यात्रु घाइते भएका प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घाइतेमध्ये १० जनाको दमौली अस्पतालमा र बाँकी ८ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा बस सडकबाट तल खसेको  प्रहरीको भनाइ छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *