जोशी हाइड्रोपावरको एजीएम आज, हकप्रद सेयर ल्याउने प्रस्ताव पेश हुदैँ

अर्थतन्त्र

काठमाडौ, १९ असोज । यसअघि स्थगित भएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा आज शुक्रबार असोज १९ गते बस्दैछ ।

सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०ः६५ अनुपात (६५%) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । 

हकप्रद निष्कासन पश्चात पुँजी वृद्धी हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा गरेको छ ।

सभा, सेलिब्रेसन हाइट, सुकेधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, भदौ १७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *