जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ, नगद र विदेशी मुद्रा बरामद

अपराध अपराध

काठमाडौं, चैत्र १६, २०८१

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-६ कुचाई टोलमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन्। कैलाश खातीको घरमा जुवा खेलिरहेका सोही नगरपालिका-५ का ३८ वर्षीय अरुण कुमार ठाकुरसहित १३ जनालाई प्रहरीले शुक्रबार बेलुकी नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई २ लाख ३० हजार २३० नेपाली रुपैयाँ, ४३० भारतीय रुपैयाँ र ४८६ मलेसियन रिङ्गिटसहित पक्राउ गरेको छ। प्रहरीले जुवातास खेल्ने औजारसमेत बरामद गरेको जनाएको छ।

यो घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ। पक्राउ परेकाहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *