जीबी राईलाई पक्राउ गरी पठाइदिन सरकारले पठायो कूटनीतिक नोट

अपराध

काठमाडौं– सहकारी ठगी प्रकरणमा फरार रहेका सूर्य दर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईलाई पक्राउ गरी नेपाल पठाइदिन मलेसियन सरकारलाई पत्राचार गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा कूटनीतिक नोट पठाएको हो । परराष्ट्र मन्त्रालयले मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर सुपुर्दगी गर्न कूटनीतिक च्यानलबाट अनुरोध गरेको हो ।

उनी विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’बाट रेड नोटिस जारी भएको छ । यसअघि १३ माघमा उनी विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो । पोखरास्थित सूर्य दर्शन सहकारीको निक्षेप अपचलन गरेको कसुरमा डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा ‘लोकेट’ भएका हुन् ।

सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बागलुङ घर भएका थान बहादुर बुढामगर, ओखलढुङ्गा घर भएका पूर्व अध्यक्ष भूपेन्द्र राई र पूर्व सदस्य शिव बहादुर गुरुङ विरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । राइ विरुद्ध सुप्रिम सहकारी ठगीमा पनि रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *