काठमाडौं, चैत्र २० । छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ लाख ९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ ४०० रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज बुधबार (चैत २० गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

