चैत्र १८ को मौसम: पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम

ई-प्रेस, काठमाडौँ
चैत्र १८, २०८१

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था छ भने बाँकी भू–भागमा मौसम मुख्य रूपमा सफा रहेको छ।

महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। त्यस्तै, उच्च पहाडी र हिमाली भेगमा पनि एक–दुई ठाउँमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यी मौसमी गतिविधिले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा आंशिक असर पार्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित जोखिमबाट बच्न आवश्यक तयारी र सुरक्षात्मक उपाय अवलम्बन गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

मौसमविद्हरूले आगामी दिनहरूमा पनि पश्चिमी वायुको प्रभाव रहिरहने संकेत गरेका छन्। थप जानकारीका लागि महाशाखाको नियमित बुलेटिन हेर्न सुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *