चिवाभञ्ज्याङ समृद्धि संकल्प यात्राको उद्घाटन गर्न ओली झुलाघाट जाने

राजनीति

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी १४ मंसिरमा हुने मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको छ ।

बुधबार बसेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले उक्त पदयात्रा कार्यक्रमको कार्ययोजना पारित गरेको नेकपा एमाले प्रचार विभागले जनाएको छ। उक्त संकल्प यात्राको उद्घाटन गर्न अध्यक्ष केपी ओली झुलाघाट जाने भएका छन।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, यो यात्राको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले १४ मंसिरको विहान साढे ८ बजे बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर उद्घाटन गर्नुहुनेछ ।

उक्त यात्राको समापन भने पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरुसहित हुने गौतमले जानकारी दिए। सो पदयात्रा तीन हप्तासम्म चल्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *