ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थतन्त्र

काठमाडौ, २४ असोज । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज असोज २४ गते बुधबार अन्तिम दिन हो । फन्डले असोज २५ गते बुक क्लोज गर्दैछ । तसर्थ, बुधबारसम्म कायम इकाईधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । यसले आर्थिक वर्ष २०७९–८० को नाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा छ । 
जसअनुसा यसले कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्नेछ । यो ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *