गेल-रोहितले पनि गर्न नसकेको, यूएईका ब्याट्सम्यानले गरे, बनाए छक्काको विश्व कीर्तिमान

खेलकुद हेडलाइन

काठमाण्डौं, १६ पुष – अफगानिस्तान र युएईबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा मोहम्मद वासिमले विश्व क्रिकेटमा अहिलेसम्म कुनै पनि ब्याट्सम्यानले गर्न नसकेको काम गरेका छन् । युएईका कप्तानले पहिले ब्याटिङ गर्दै ३२ बलमा ५३ रनको शानदार इनिङ खेले ।

अफगानिस्तानविरुद्धको दोस्रो टी–२० खेलमा मोहम्मद वासिमले आफ्नो ५३ रनको इनिङ्समा ४ चौका र तीन छक्का प्रहार गरेका थिए । यी तीन छक्कासँगै वसिमले सन् २०२३ मा छक्काको शतक पनि पूरा गरे।अन्तर्राष्ट्रिय क्रिकेटमा वसिम एक वर्षमा १०० छक्का प्रहार गर्ने विश्वकै पहिलो ब्याट्सम्यान बने। वसीम भन्दा पहिले यो रेर्कडलाई आजसम्म कसैले जित्न सकेको छैन । वसिमले यो वर्ष १०१ छक्का प्रहार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा एक वर्षमा सर्वाधिक छक्का प्रहार गर्नेको सूचीमा रोहित शर्माको नाम दोस्रो स्थानमा छ । हिटम्यानले सन् २०२३ मा अहिलेसम्म कुल ८० छक्का प्रहार गरिसकेका छन् । योसँगै सन् २०१९ मा रोहितले आफ्नो ब्याटबाट ७८ छक्का प्रहार गरेका थिए । सूर्यकुमार यादवले सन् २०२२ मा ७४ छक्का प्रहार गरेका थिए ।

अफगानिस्तानविरुद्धको दोस्रो टी–२० खेलमा पहिले ब्याटिङ गरेको युएईले ७ विकेट गुमाएर १६६ रन बनाएको छ । टोलीका कप्तान वासिम र आर्यन लाक्राले बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि ८.३ ओभरमा ७२ रन जोडेका थिए । वसिमले ३२ बलमा ५३ रन बनाए भने आर्यनले ४७ बलमा ३ चौका र चार छक्का प्रहार गर्दै ६३ रन बनाए । तर, दुवै जना प्याभिलियन फर्किएपछि युएईका बाँकी ब्याट्सम्यानले अफगानिस्तानका बलरसामु सहजै आत्मसमर्पण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *