गाजामा तीन सैनिक मारिएः इजरायली सेना

अन्तराष्ट्रिय

तेल अहिब, १८ मंशिर । हमास–इजरायल युद्दको क्रममा पछिल्लो २४ घन्टामा ३ सैनिक मारिएका छन् । 
 
इजरायली सेनाका अनुसार आइतवारको लडाइँका क्रममा घेरामा परेको एन्क्लेभमा तीन सैनिकको मृत्यु भएको हो ।

जसअनुसार मध्य गाजामा मारिएका ५५ औं ब्रिगेडको बटालियन ६६५५ का याभनेका ३६ वर्षीय सार्जेन्ट मेजर नेरिया शेर रहेका छन भने उत्तरी गाजामा मारिएका कम्ब्याट कोर इन्जिनियरिङको ४०१ औं ब्रिगेडको ६०१ औं बटालियनसँग सम्बन्धित जेरुसेलमका २२ वर्षीय सार्जेन्ट फर्स्ट क्लास बेन जुस्मान रहेका छन । 
 
साथै, उत्तरी गाजामा मारिएका कम्ब्याट इन्जिनियरिङ कोरको ४०१ औं ब्रिगेडको ६०१ औं बटालियनका जिक्रोन याकोभका १९ वर्षीय सार्जेन्ट बिन्यामिन येहोशुआ नीदम रहेको इजरायली सेनाले जनाएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *